हङकङको महिला क्रिकेट टोली अर्को वर्ष जापानमा हुने एसियन खेलकुदको छनोटबाटै बाहिरिएको छ।
मलेसियामा जारी एसियन गेम्स महिला छनोटमा हङकङको टोली जितविहीन भएर फर्कन लागेको हो।
छनोटको समूह ए मा रहेको हङकङले पहिलो खेलमा थाइल्यान्डसँग ८९ रनले पराजित भएको थियो। दोस्रो खेलमा बिहिबार घरेलु टोली मलेसियासँग ३४ रनले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको हो।
अंकविहीन हङकङ समूह ए को पुछारमा रह्यो। हङकङ रहेको समूह ए बाट घरेलु टोली मलेसिया र थाइल्यान्ड सेमिफाइनलमा पुगेका छन्।
समूह बी बाट नेपाल समूह विजेता र चाइनाको महिला टोली उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन्। इन्डोनेसिया भने जितविहीन रूपमा बाहिरिएको छ।
सेमिफाइनलमा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। छनोटबाट फाइनल पुग्ने दुई र तेस्रो हुने टोलीले एसियन गेम्स २०२६ मा स्थान बनाउनेछन्।
Shares

प्रतिक्रिया