छापा खबर


टेलिकमले थप्यो यस्ता सुविधा, अब १० रुपैयाँमै सय मिनेट कुराकानी

टेलिकमले थप्यो यस्ता सुविधा, अब १० रुपैयाँमै सय मिनेट कुराकानी

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार २:४१,

नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको अटम अफर सार्वजनिक गरेको छ।

नयाँ अफर ३० असोजदेखि ९० दिनसम्म सञ्चालन हुने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

अफर अन्तर्गत पहिले उपलव्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटिटिएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहक मैत्री बनाइएको कम्पनीले जनाएको छ।

पहिलेदेखि नै समर अफरका रुपमा उपलव्ध एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, एक जिबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अल लिमिटेड नाइट भ्वाइस प्याक, एसएमएस प्याक, विद्यार्थी अफर लगायतका अफरलाई निरन्तरता दिँदै टेलिकमले नयाँ सुविधा थप गरेको हो।

डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मोबाइल इन्टरनेट प्रयोग गर्न सकिने भएको छ।

त्यसमा ८० एमबी डाटासमेत चलाउन सकिनेछ।

डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म कम्पनीकै नेटवर्कमा १ सय मिनेट भ्वाइस कल गर्न सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad