छापा खबर


विप्लव समूहलाई ठूलो धक्का, अहिलेसम्म ९२१ नेता कार्यकर्ता पक्राउ

विप्लव समूहलाई ठूलो धक्का, अहिलेसम्म ९२१ नेता कार्यकर्ता पक्राउ

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ३:१७,

प्रतिबन्ध लगाएसँगै आक्रामक अप्रेसन अगाडि बढाएको प्रहरीले विप्लव समूहका नेता कार्यकर्ता पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ।

पटक–पटक आह्वान गर्दा वार्तामा नआएको र हिंसात्मक घटना घटाएको भन्दै सरकारले गत फागुन २८ गते यो समूहलाई प्रतिबन्ध लगाएको थियो। वार्तामा नआएसम्म पक्राउ गरेरै नियन्त्रणमा लिने सरकारको नीति छ।

प्रहरीका प्रवक्ता विश्व पोखरेलले विप्लव समूहका नेता कार्यकर्ता पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएको बताए। दाङबाट २१ जना नेता तथा कार्यकर्ता पक्राउ गर्नसक्नुलाई प्रहरीको ठूलो सफलता भएको उनको भनाई छ।

प्रहरीले अहिलेसम्म एकीकृत क्रान्तिको कार्यदिशा अगाडि सार्दै भूमिगत भएको भनिएको विप्लव समूहका ९ सय २१ जना नेता कार्यकर्ता पक्राउ गरेको छ। यो खबर आजको समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन्।

काठमाडौंबाट सबैभन्दा बढी १ सय ६४ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ परेकामध्इे ७४ जना छुटेका महानगरीय प्रहरी कार्यालय प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिए।

प्रवक्ता पोखरेलका अनुसार पक्राउ परेका ९ सय २१ मध्ये ६ सय ६४ जनामाथि मुद्दा दर्ता गराएर छाडिएको र १ सय १३ जना पुर्पक्षका लागि थुनामा छन्।

प्रहरी कारबाहीमा सर्लाहीको लालबन्दी–१ लखनीमा जिल्ला इन्चार्ज कुमार पौडेल, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा तीर्थराज घिमिरेको मृत्यु भएको छ।

तर पछिल्लो समयमा पक्राउको क्रम बढे पनि मुठभेटका घटना भने रोकिएका छन्। हेमन्त प्रकाश ओली, माइला लामा जस्ता नेताहरू जेलमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad