छापा खबर


रौतहट नरसंहार प्रकरण : आलममाथिको अनुसन्धान टुंग्याउँदै प्रहरी

रौतहट नरसंहार प्रकरण : आलममाथिको अनुसन्धान टुंग्याउँदै प्रहरी

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार ०:९,

बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मत अफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छ।

घटनासित जोडिएका धेरै पात्र फेला परिसकेका प्रहरीले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा रौतहटबाट शिव पुरीले लेखेका छन्।

१२ वर्ष अघि बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएर मारेको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रोपटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ।

प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदलतमा पेस गर्ने भएको छ।

सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर बम विस्फोटमा घाइते भएका र उनीहरुलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै उनीहरुको परिवारजनले आलमलगायत विरुद्ध किटानी जाहेरी दिएका थिए।

त्यसबेला मारिएकाको संख्या भने यकिन हुन सकेको छैन। बम विस्फोट नै नभएको भनी आलमले दिएको बयान झुटो भएको प्रहरीको ठम्याइ छ।

झुठो बोले नबोलेको पत्ता लगाउत प्रहरीले पोलिग्राफ परीक्षण गराउन खोज्दा आलमले मानेका छैनन्।

तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपानेकै सहयोगमा आलमले धेरै प्रमाण नष्ट गरेको पाइएको छ।

एसपी न्यौपाने कैलालीको टीकापुरमा भएको थारुहट आन्दोलनमा मारिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad