विदेशमा नक्कली नेपाली पासपोर्ट (एमआरपी) बन्ने गरेको तथ्य फेला परेको छ।
मलेसियामा नक्कली पासपोर्ट बनाएर नेपालीलाई बेच्ने गरेको खुलेको छ।
मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपीबारे राहदानी विभागले छानबिन गरेको छ।
‘अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो। तर, राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्’, अध्यागमन विभागले भनेको छ।
गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ। बुकका पृष्ठ उस्तै छन्। तर सिलाई नक्कली छ।
रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन्।यो खबर आजको अन्नपूर्ण पोस्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।
उनीहरूले बोकेको पासपोर्ट नक्कली आशंका गरिए पनि मेसिनले रिड गरेको थियो। विमानस्थल कार्यालयले अध्यगमन विभाग तथा राहादानी विभाग पठाई परीक्षण गराउँदा नक्कली ठहर भएको थियो।
पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट करिब एक लाख रुपैयाँ तिरेर किनेको बयान दिएका छन्।

प्रतिक्रिया