केही समयअघिसम्म ‘मेरा छोराछोरी टिभी हेर्छन्, पढ्दै पढ्दैनन्’ भन्ने अभिभावकको गुनासो हुन्थ्यो।
प्रविधिमा आएको परिवर्तनसँगै हिजोआज बालबालिकाहरु टिभी छाडेर युट्युबमा व्यस्त हुने गरी बदलिए तर अभिभावकको गुनासो भने उही छ।
हिजोका छोराछोरी टिभीमा झुम्मिने, अचेल युट्युमा झुण्डिएर हैरान छ। छोराछोरी नपढ्ने नै भए, के गर्ने होला?
बालकालिकाको पठन रुचि घटेकै हो त? कि हामी अभिभावक नबदलिएका हौँ?
यस्ता केही कुरा छन्, जसमा अभिभावकले केही कुरामा मात्रै ध्यान दिने हो भने बालबालिकाको पढाईमा रुचि वढाउन सकिन्छ।
आफ्ना सन्तानलाई स्कुल मात्र पठाएर हुँदैन। उनीहरुको शैक्षिक स्थितिबारे पनि जानकारी हुनुपर्छ। यो जानकारी आजको शुक्रबार साप्ताहिकले छापेको छ।
बच्चाहरुलाई समूहमा काम गर्ने कला सिकाउनुपर्छ। समूहमा मिलेर काम गर्ने कलाले अरुसँग घुलमिल हुन सिकाउने हुनाले पछि समूहमा काम गर्न सिक्छन्।
यसले कहिलेकाहीँ नेतृत्व लिने वा गर्ने कला पनि सिक्छन्।
स्कुलका हरेक गतिविधिमा बालबालिकासँग छलफल गर्न तयार हुनुपर्छ। आफ्ना सन्तानले पढ्ने हरेक विषयमा शिक्षकसँग पनि बच्चाको रुचि र लगावबारे जानकारी लिनुपर्छ।
स्कुलको सेवा सुविधाबारे बालबालिकासँग बुझ्ने, गृहकार्यमा सहयोग गर्ने, सिक्न तयार पारेर स्कुल पठाउने जस्ता विषयमा ध्यान दिन सके बालबालिकाको पढाई अब्बल बनाउन सकिन्छ।

प्रतिक्रिया