नारायणगढ बजारनजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान साढे ९ बजे ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका हुन्।
तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ। मृतकको सनाखत हुन नसकेको उनले बताए।
यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन्।
त्यसअघि गत हप्ता बच्चासहित हामफालेका एक पुरुषको मृत्यु भएको थियो भने बच्चा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। नदीमा बगेकाहरुको खोजी भइरहेको छ।

प्रतिक्रिया