समाज


लजिन थापाको हत्या आरोपमा चार जना पक्राउ

लजिन थापाको हत्या आरोपमा चार जना पक्राउ

नेपालखबर
साउन १०, २०८३ आइतबार १४:३६, काठमाडौँ

बागलुङ बडिगाड गाउँपालिका-१ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ। 
प्रहरीले सुदीप विक, रेमबहादुर विक, ददी परियार र असिम वनलाई पक्राउ गरेको हो।

साउन १ गते राति लजिन आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय गएका थिए। त्यहाँ लजिनसहित सात जना साथीहरूले राति करिब साढे १० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए।

साउन २ गते लजिन थापाको परिवारले लजिन बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए।

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीहरूको समेत सहयोगमा अनुसन्धान अघि बढाएको थियो।

शनिबार बिहान सवा ९ बजेको समयमा जिल्ला बागलुङ बडिगाड गाउँपालिका-१ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको थियो। शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा राखिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार आइफोनको विषयमा भएको विवादपछि कुटपिट हुँदा लजिनको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad