छापा खबर


आज मानव साङ्लोले टुँडिखेल घेरिँदै

आज मानव साङ्लोले टुँडिखेल घेरिँदै

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार २३:५२,

कक्षा ८ मा पढ्ने सितास्मा राम्जेत धिमेबाजा बजाउँदै वसन्तपुरको तल्लो सहर (दक्षिण कोलिग्राम) का बस्ती बस्ती घुमिन् । ११ कक्षामा पढ्ने मुकान स्थापितले पनि भुस्या बाजा बजाउँदै टोल परिक्रममा गरे।

भुस्या र धिमे बोकेका युवायुवतीदेखि बालबालिकाको समूहले बिहीबार र शुक्रबार प्राचीन सहर संगितमय बनाए।

पहिलो दिन तल्लो टोल र दोस्रो दिन माथिल्लो टोल परिक्रमा गरेका थिए। ‘सांस्कृतिक रुपमा तल्लो टोल र माथिल्लो टोलमा विभाजित छ यो प्राचीन सहर,’ सांस्कृतिक बाजा व्यवस्थापन गर्ने दुलाक्षी परिवार क्लबका अध्यक्ष श्याम महर्जनले भने, ‘अकुपाइ टुँडिखेल अभियानलाई सफल बनाउन आहृान गर्दै हामीले बस्ती–बस्ती उत्सवमय बनाएका छौं।’

इन्द्रजात्रा र सेतो मत्स्येन्द्रनाथ लगायतको रथयात्रा गर्ने रुट प्रयोग गरी बाजागाजासहित सन्देश दिइएको सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले बताए। यो खबर आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन्।

खुला ठाउँ यहाँका नेवार बस्तीको सम्बन्ध जोडिएकाले हामी पनि सहभागी छौं है भनेर सन्देश दिन टोलटोल घुमेको फेगधिमेबाजा खलका अनुप श्रेष्ठले बताए।

‘बाजाले संस्कृति जोगाउँछ,’ उनले भने, ‘टुँडिखेल पनि हाम्रो एक किसिमको संस्कृति हो। त्यही भएर त्यहाँ पनि बाजा जोडेका हौं। शनिबार हुने अकुपाइ टुँडिखेलमा पनि हामी नेवारी बाजा घन्काउँछौं।’

अभियानका नाममा राजनीतिः मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘अकुपाई टुँडिखेल’ राजनीतिक रंगको संज्ञा दिएका छन्। शंखधर दिवसको अवसर पारेर विष्णुमति किनारामा निर्माणधिन पार्कमा आयोजित कार्यक्रममा मेयर शाक्यले भने, ‘अकुपाइ टुँडिखेल अभियानलाई राजनीतिक स्वार्थ पूरा गर्ने अस्त्र बनाउनु हुदैन।’

अकुपाई टुँडिखेल अभियानमा सहभागी हुन सम्पदा संरक्षण अभियानले निम्ता दिन खोजेपनि मेयर शाक्यले समय दिएनन्।

‘हामीले भेट्न खोज्यौं, भेट दिनुभएन। फोन गर्‍यौं, फोन पनि उठाउनु भएन,’ अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले भने। मेयर शाक्यले भेट नदिएपछि उनीहरुले यही कार्यक्रमस्थलमा गएर निम्ता दिएका थिए। निम्ता ग्रहण गरेपछि मेयर शाक्यले मञ्चबाट राजनीतिक रंग नदिन आग्रह गरेका थिए।

जनताको अभियान हो, सहभागी हुन्छुः उममेयर खड्गी

मेयर शाक्यले अगुपाईँ टुँडिखेलको नाममा राजनीती भएको अभिव्यक्ति दिए लगत्तै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भने यो अकुपाई टुँडिखेलमा राजनीतिक नभएको बताएकी छन्।

यो जनताको अभियान भएकाले जनतालाई साथ दिनुपर्ने उनले बताइन्। ‘हामी जनताबाटै चुनिएका हौं। जनताले प्रयोग गर्न पाउनु पर्ने टुँडिखेल अतिक्रमण भएकै हो। यसलाई हटाउन जनताले हाम्रो साथ खोजेका छन्। जनताले बोलाएको ठाउँमा म सहभागी हुन्छु,’ खड्गीले भनिन्, ‘म मात्र होइन, मैंले अरुलाई पनि सहभागी हुन आहृवान गरेको छु।’

टुँडिखेल अतिक्रमणको चपेटामा परेपछि खुल्ला राख्न दबाब दिन अभियानले आज मानव साङ्लोले टुँडिखेल घेर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad