राजनीति


विप्लव नेकपाका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ

विप्लव नेकपाका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार १५:५७,

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन्।

गाउँमा चन्दा संकलन तथा संगठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–३ माझपालीबाट आज दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताए।

पक्राउ पर्नेमा रोल्पा गंगादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिएका छन्। पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad