ठगी आरोपमा उद्योगी डा. रूप ज्योति पक्राउ परेपछि ज्योति समूहका अन्य सदस्य पनि पक्राउ पर्न सक्ने सम्भावना बढेको छ।
उनलाई छोरीसँगै बिहीबार साँझ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
जग्गा खरिद प्रकरणमा ठगीको आरोप लागेका डा.रूपज्योति सञ्चालक रहेको ल्यान्डमार्क डेभलपर्स कम्पनीमा उनीबाहेक दाजु पद्यम ज्योति, छोराहरू सौरभ ज्योति, अभिक ज्योति, सहृदय ज्योतिलगायत परिवारका सदस्यहरू पनि सञ्चालक रहेको हुँदा ठगी प्रकरणमा उनीहरूसमेत तानिन सक्ने स्रोतले जनाएको छ भने आजको नेपाल समाचारपत्रले खबर छापेको छ।
ज्योतिलाई ल्यान्डमार्क डेभलपर्सले घरजग्गा बिक्रीका निम्ति सर्वसाधारणसँग रकम उठाएर घरजग्गा नदिएको आरोप लागेको छ।

प्रतिक्रिया