छापा खबर


दराज अनलाइन विरुद्ध ठगीको उजुरी

दराज अनलाइन विरुद्ध ठगीको उजुरी

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार २३:३६,

अनलाइन सपिङ कम्पनी दराज विरुद्ध ठगीको उजुरी परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले छानबिन सुरु गरेको छ।

दराजमार्फत् एकथोक सामान अर्डर गर्दा अर्कै सामान आइपुग्ने गरेको भन्दै उजुरी परेपछि छानबिन सुरु गरेको खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्।

विभागले शुक्रबार दराजको नक्सालस्थित कार्यालय अनुगमन गरी २४ घण्टाभित्र उपस्थित हुन पुर्जी काटेको थियो। ‘उजुरी परेपछि अनुगमन गरेका थियौ,’ विभागका अनुगमन शाखा अधिकृत रमेशकाजी श्रेष्ठले भने, ‘पहिलो चरणमा २४ घण्टाभित्र उपस्थित हुन पुर्जी दियौ।’ दोस्रो चरणमा कम्पनीको कागजपत्र अध्ययन गर्ने उनले बताए।

विभागका निमित्त महानिर्देशक नोखबहादुर बस्यालका अनुसार दराज विरुद्ध कात्तिक २१ गते उजुरी परेको थियो।

उजुरीकर्ताले मिनीफोकस ब्राण्डका घडी अर्डर गर्दा फ्रोस ब्राण्डको घडी आइपुगेको उजुरीमा उल्लेख गरेका छन्। सोही उजुरीको आधारमा विभागले छानबिन अघि बढाएको हो। दराजका प्रतिनिधि आइतबार विभाग आएर विभागका अधिकारीहरुसँग छलफल गरेका थिए।

‘सामान फरक भन्ने उजुरीकै आधारमा अनुगमन भएको छ, पहिलो चरणमा आइतबार छलफल पनि भयो,’ निमित्त महानिर्देशक बस्यालले भने, ‘अहिले अध्ययनको क्रममा छौं। कैफियत भेटिए कारबाही हुन्छ।’

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलका अनुसार आइतबार छलफलको क्रममा दराज सिंगापुरका प्रतिनिधि, काठमाडौका प्रमुख फाइनान्स म्यानेजर लगायतको उपस्थिति थियो। त्यसक्रममा दराजका प्रतिनिधीले कम्पनीको मुख्य तीन उद्देश्य रहेको बताएका थिए।

‘कम्पनीको उद्देश्य अनलाइन विज्ञापन, सफ्टवेयर डेभलपमेन्ट र कार्गो सर्भिस हो भन्ने दाबी गरेका छन,’ पोखरेलले भने। छलफलको क्रममा दराजका प्रतिनिधीले दराज विक्रेता नभई सहजकर्ता मात्रै भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad