अफ्ताव आलमलाई मुख्य अभियुक्त किटान गर्दै प्रहरीमा जाहेरी दिने राजपुर बमकाण्डका पीडितलाई प्रलोभन र धम्कीमा बयान फेर्न लगाउने कोसिस भएको छ।
त्यस्तो कोसिसमा नेपालका नाम चलेका वरिष्ठ वकिलहरु नै लागेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
नेपाल बार एसोसियसनका तीन पूर्व अध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी, पूर्व महासचिवद्वय रमन श्रेष्ठ र सुनील पोखरेलसहित ३३ अधिवक्ताको शक्तिको प्रदर्शन गरेर रौतहटका जिल्ला न्यायाधीशलाई मनोवैज्ञानिक दबाबमा पार्ने रणनीति आलमले लिएका छन्।
पीडित र साक्षीलाई अपहरण गरेर बयान फेर्न लगाउने क्रम पनि जारी छ।
आलमको पक्षमा वकालतनामा लेखाएका पूर्वमहान्यायाधिवक्ता तथा वारका पूर्व महासचिव वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले व्यवसायलाई व्यक्तिको प्रतिष्ठासँग जोड्नु नहुने भन्दै आलमको पक्षमा बहस गर्नुलाई जायज भनेका छन्।
पीडितको पक्षमा बहस गर्ने अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्, ‘आलमले सिलसिलेवार अपराध गरेका छन्, उनलाई संरक्षण गर्न खोज्नु सामाजिक मर्यादाको मात्र होइन, कानुनको पनि उल्लंघन हो।’

प्रतिक्रिया