छापा खबर


राजा वीरेन्द्रको निजी निवास खुला गर्ने तयारी

राजा वीरेन्द्रको निजी निवास खुला गर्ने तयारी

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ०:३५,

नारायणहिटी संग्राहलय स्थापना भएको ११ वर्षपछि संग्राहलयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको र आवश्यक दरबन्दी, बजेट, कर्मचारी व्यवस्थापनलगायत विषयमा अध्ययन सुरु गरेको खबर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।

यही कात्तिक ५ गते बसेको मन्त्रिपरिषदको बैठकले नारायणहिटी संग्रहालयलाई विकास समिति बनाउने निर्णय गरेको थियो। सोही आधारमा मन्त्रालयले योजना तयार गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad