छापा खबर


सीके राउतको पार्टी पनि उपनिर्वाचनमा सहभागी हुँदै

सीके राउतको पार्टी पनि उपनिर्वाचनमा सहभागी हुँदै

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार १:१२,

मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ।

गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए। त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ। उनले भने, ‘अहिले हाम्रो संगठन तराई मधेसमा मात्र राम्रो भएकाले उपनिर्वाचनमा तराई मधेसका स्थानीय तहमा उम्मेदवारी दिन लागेका छौं।’

जनमत पार्टीले प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनमा भाग लिने छैन। सिंहले पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेकाले चुनावमा सहभागी हुन लागेको बताए। यो खबर आजको अन्नपूर्ण पोस्टमा नवीन झाले लेखेका छन्।

यसअघि भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव राउत नेतृत्वको तत्कालीन संगठनले ‘कोठली बाहर मतदान’ को अभियान नै चलाएको थियो। पृथक्तावादी अभियान त्यागेर आएका राउत पछिल्लो समयमा संगठन विस्तारमा लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad