छापा खबर


यी अमेरिकी गायक जसले गराउँछन् हरेक महिना छोरीको कुमारीत्व परीक्षण

यी अमेरिकी गायक जसले गराउँछन् हरेक महिना छोरीको कुमारीत्व परीक्षण

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ३:४३,

टीआई उपनामले चर्चित अमेरिकी र्‍यापर तथा अभिनेता जोसेफ ह्यारिस जुनियर यतिबेला विवादमा तानिएका छन्।

विवादका कारण उनकी छोरीको कुमारीत्व हो। समचारअनुसार टीआईले आफ्नी १८ वर्ष पुगिसकेकी छोरी डेजाह ह्यारिसलाई सदैव कुमारीत्वकै अवस्थामा राख्न हरेक वर्षजसो कुमारीत्व परीक्षण गराउँदै आएका छन्।

टीआईका अनुसार उनी आफ्नी छोरीको कुमारीत्वका विषयमा निकै संवेदनशील छन्। उनको मान्यता छ, विवाहअघि उनकी छोरीले कुमारीत्व गुमाउनु हुँदैन।

उनकी छोरी कलेज जान थालेपछि यौनसँग सम्बन्धित विषयमा चर्चा गर्न थालेकी थिइन्।

छोरीको यस्तो गतिविधिबाट झस्किएका टीआईले अहिले महिनेपिच्छे छोरीको कुमारीत्व परीक्षण गराउन थालेका छन्। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ। 

यता चिकित्सकहरूले उनको यस्तो व्यवहारबाट दिक्क हुँदै उनलाई भने, ‘कुनै पनि युवतीको भर्जिनिटी यौन सम्बन्धकै कारण मात्र नष्ट हुँदैन, त्यसका पछाडि अन्य थुप्रै कारण हुन्छ। यद्यपि टीआई भने आफ्नो अडानबाट पछि हटेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad