ad ad

छापा खबर


‘कमाउ अड्डा’ मा रहेका उपसचिवहरुले गरे निर्वाचन अधिकृत बन्न अस्वीकार

‘कमाउ अड्डा’ मा रहेका उपसचिवहरुले गरे निर्वाचन अधिकृत बन्न अस्वीकार

नेपालखबर
चैत १४, २०७८ सोमबार ८:६, काठमाडौँ

विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारीले निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन्। 

निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ।

७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय ७६ जनालाई विभिन्न स्थानीय तहमा निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ। 

तर, त्यसरी जिम्मेवारी दिइएका र हाल कमाउ अड्काका रूपमा रहेका वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, वैदेशिक रोजगार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा रहेका उपसचिवस्तरका कर्मचारी भने निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका खबर आजको राजधानी दैनिकले छापेको छ।

निर्वाचन आयोगले यसअघि सम्बन्धित मन्त्रालय तथा विभागको तालुक निकायलाई नै पत्र लेखेर मातहतका निकायका उपसचिवस्तरका कर्मचारीलाई निर्वाचन अधिकृतको रूपमा सिफारिस गर्न भनेको थियो।

निर्वाचन आयोगको सोही सिफारिसअनुसार मन्त्रालय तथा विभागले मातहतका निकायका उपसचिवको सिफारिस गरेर आयोगमा नामसमेत पठाएका थिए।

सोही नामका आधारमा निर्वाचन आयोगले विभिन्न निकायका ६ सय ७६ जना उपसचिवलाई निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिएको थियो । निर्वाचन आयोगका अनुसार यसरी जिम्मेवारी दिइएका मध्ये दर्जनौँ उपसचिवले आफूहरू निर्वाचन अधिकृतको रूपमा खटिएर जान नसक्ने भन्दै आयोगमा निवेदन दिएका छन् र यस्तो निवेदन दिनेक्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .