ad ad

छापा खबर


आईजीपी खनालको चमत्कार!

आईजीपी खनालको चमत्कार!

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ०:३७,

सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ भनेर भाषण त गर्छन् तर व्यवहारमा त्यसको ठीक उल्टो गरिरहेका हुन्छन् भन्ने आरोप फोर्सबाटै लाग्दै आएको छ।

पोखरामा २०७६ मंसिर ४ गते भएको नेपाल भारत सीमा सुरक्षासम्बन्धी १ दिने सम्मेलनका नाममा एपीएफले ८० लाख रकम उठाएको तर खर्च भने कार्यक्रममा १० लाख मात्र गरेको स्रोत बताउँछ।

स्रोतका अनुसार सीमा सुरक्षासम्बन्धी सम्मेलनमा ८ वटा बाहिनीमा प्रत्येक बाहिनीबाट १० लाखका दरले उठाइएको थियो। यो खबर आज (सोमबार) प्रकाशित साँघु साप्ताहिकले छापेको छ।

सम्मेलनमा भारतीय सीमा सुरक्षा बल एसएसबीका ६ जना, सशस्त्र प्रहरीका आईजीपी, ३ एआईजी ८ वटा बाहिनीमा भारतसँग जोडिएका प्रदेश नम्बर १, २, ३, ५ र सुदूरपश्चिम प्रदेशका डीआईजी सहभागी थिए।

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका एक एक उपसचिवसहित जम्मा २० जना सहभागी थिए। उनीहरूलाई पोखराको माउन्ट ग्लोरी होटलमा राखिएको थियो। काठमाडौंका सहभागीलाई प्लेनमा लगेर २ रात पोखरामा राखिएको थियो।

यसरी २० जना सहभागी सम्मेलनमा १० लाखका दरले ८ बाहिनीबाट रकम उठाएर १० लाख मात्र खर्च गरी रकम बचत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .