छापा खबर


काम नगर्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

 काम नगर्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
मंसिर ९, २०७६ सोमबार २३:५५,

प्रधानमन्त्री केपी शर्मा ओलीले आ आफ्ना मन्त्रालयमा भएका ठेक्काको स्थिति १५ दिनभित्र बुझाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

सरकारको चौमासिक समीक्षा बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै ओलीले गुणस्तरीय काम समयमा हुन नसक्नुको कारण खोज्न र काम गर्न नसक्ने ठेकेदारको जमानत जफत गर्न निर्देशन दिएका खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

प्रधानमन्त्री ओलीले सधैँ यही स्थितिलाई निरन्तरता दिन नसकिने बताउँदै ठेकेदारलाई दिइँदै आएको २० प्रतिशत परिचालन खर्चका बारेमा पनि प्रश्न उठाएका छन्।

उनले मन्त्रालयहरुले विभिन्न नाममा वितरण गरेका अनुदानका बारेमा पनि प्रश्न उठाएका छन्।

‘कसलाई कति अनुदान दिनुभएको छ, सदुपयोग भएको छ छैन, अनुगमनमा म मान्छे पठाउँछु,’ ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad