छापा खबर


उपेन्द्र यादवले व्यंग्य गर्दै भने- प्रधानमन्त्रीले माया गरेर मन्त्रालय फेरिदिनुभयो

उपेन्द्र यादवले व्यंग्य गर्दै भने- प्रधानमन्त्रीले माया गरेर मन्त्रालय फेरिदिनुभयो

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार ०:१७,

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो मन्त्रालय हेरफेर भएको विषय प्रधानमन्त्रीको विशेषाधिकार भएको प्रस्टीकरण दिएका छन्।

उनले स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्रीले ‘माया गरेर’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिदिएको भन्दै व्यंग्यसमेत गरे।

सोमबार पदभार ग्रहण गर्दै उपप्रधानमन्त्रीसमेत रहेका यादवले धेरै मन्त्रालयको अनुभव होस् भनेर नयाँ मन्त्रालयको जिम्मेवारीमा पठाएको हुन सक्ने टिप्पणी गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

उनले संविधान संशोधनको विषय राजनीतिक भएको र राजनीतिक निर्णयबाट नै अगाडि बढ्ने पनि बताए।

‘संविधान संशोधन गर्नेबारे दुई वर्षअगाडि नै हस्ताक्षर भएको हो, अब कार्यान्वयन गर्ने वेला आएको छ,’ यादवले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad