‘अकुपाइ टुँडिखेल’का अभियन्ताले खुलामन्च लगायत टुँडिखेलका मिचिएका संरचना खाली गर्न काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएका छन्।
तीन महिनाभित्रमा टुँडिखेल अतिक्रमण हटाएर पूर्ववर्ती अवस्थामा फर्काउन माग गर्दै सोमबार महानगर प्रशासन विभाग प्रमुख नमराज ढकाललाई ज्ञापन बुझाएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउन गएका अभियन्ताले मेयर कार्यलयमा नआएपछि कार्यकारी अधिकृत केदार न्यौपानलेलाई ज्ञापन बुझाउने कार्यक्रम तय गरेका थिए । उनीहरु दुवैलाई नभेटेपछि प्रशासन विभाग प्रमुख नमराज ढकाललाई पत्र बुझाएका हुन्।
कुनैबेला एशियाकै ठूलो भनेर चिनिएको टुँडिखेल खण्डित भएर अहिले बसपार्क, अनधिकृत पसल संचालन, अनाधिकृत पार्किङ, अनाधिकृत भवन, अनाधिकृत तारबार, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ र कतै ढलानै गरेर मास्ने काम गरेकाले भविष्यका सन्ततीले यो महत्वपूर्ण ठाउँ गुमाउनुपर्ने अवस्था आएकाले यसलाई जोगाउने दायित्व महानगरकै भएको ज्ञापनमा सम्झाइएको छ।
ज्ञापन बुझ्दै प्रशासन विभाग प्रमुख ढकालले अकुपाइ टुँडिखेलले तोकेको समयसीमा अघि नै यहाँका केही संरचना हटाइने आश्वासन दिए।
‘खुलामन्चमा कहि दरबार हाइस्कुलका ठेकेदार बसेका छन् । केही ठाउँमा श्रमिक बसेका छन्,’ ढकालले भने, ‘त्यो सधैंलाई दिइएको होइन । केही समयमै हट्छ । तपाईंहरुले दिएको समयसीमाभन्दा अगाडि नै हट्न पनि सक्छ।’
Shares

प्रतिक्रिया