राजनीति


नेपाल–रुसबीच सैन्य सहयोग सहमति हुने, थप हेलिकप्टर बेच्न रुस इच्छुक

नेपाल–रुसबीच सैन्य सहयोग सहमति हुने, थप हेलिकप्टर बेच्न रुस इच्छुक

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १८:२३,

नेपाल र रसिया सैन्य–प्राविधिक सहयोगसम्बन्धी सहमतिमा हस्ताक्षर गर्न सहमत भएको रुसी विदेश मन्त्री सर्जेइ ल्याभ्रोभले सोमबार बताएका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हाल रुसको भ्रमणमा रहेका बेला सो सहमति भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

‘सैन्य–प्राविधिक सहयोगको राम्रो संभावना छ। हामी आपसमा समानखालको सहमतिमा हस्ताक्षर गर्न सहमत भएका छौं,’ रुसी विदेशमन्त्री ल्याभ्रोभलाई उद्धृत गर्दैै सिन्ह्वाले मस्कोबाट रिपोर्टिङ गरेको छ। आफ्ना नेपाली समकक्षी ज्ञवालीसँगको वार्तापछि ल्याभ्रोभले सो प्रतिक्रिया दिएका हुन्। उनले त्यसबारे विस्तृत विवरण नदिएकाे एजेन्सीले जनाएकाे छ।

‘रसियाको नेपालमा हेलिकप्टरहरुको आपूर्तिलाई बढाउने योजना रहेको ल्याभ्रोभले बताए,’ सिन्ह्वाले लेखेको छ।
रसियन एयरक्राफ्ट, मुख्यतः एमआई–१७ हेलिकप्टरहरु, नेपाली उच्चहिमाली क्षेत्रहरुमा निकै प्रभावकारी सावित भएको हुँदा यी क्षेत्रमा आगामी दिनमा पनि थप सहयोग गर्ने योजना रहेको छ, ल्याभ्रोभले भनेका छन्।

ज्ञवालीले नेपाल साङघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को पूर्ण सदस्यता प्राप्त गर्न चाहेको बताएका थिए। नेपालको परराष्ट्र नीति शान्तिपूर्ण दर्शनमा आधारित रहेको र सबैखाले विरोधाभासलाई शान्तिपूर्ण वार्तामार्फत् र आपसी सम्मानका आधारमा गर्नुपर्छ भन्नेमा विश्वास गर्ने हुँदा एससिओको सदस्यता लिन चाहेको उनले धारणा राखेका थिए।

चीन, काजकास्तान, किर्गिस्तान, रसिया, ताजकिस्तान र युजवेकिस्तानद्वारा जुन २००१ मा स्थापना गरिएको अन्तरसरकारी संगठन एससिओमा भारत र पाकिस्तान सन् २०१७ मा पूर्ण सदस्य बनेका हुन। नेपाल चाहिँ सन् २०१६ मा यसको संवाद साझेदार बनेको हो।

परराष्ट्रमन्त्री ज्ञवाली र ल्याभ्रोभबीच सोमबार मस्कोमा द्विपक्षीय वार्ता भएको थियो। सो वार्तापछि ज्ञवालीले आफ्ना रुसी समकक्षीसँगको द्विपक्षीय वार्ता फलदायी भएको बताएका थिए।

यसैबीच, सोमबार नै प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि रुसी राजदूत अलेक्जी ए. नोभिकोभबीच भेटवार्ता भएको थियो।
प्रधानसेनापति थापा र राजदूत नोभिकोभबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको प्रधानसेनापतिको सचिवालयले जनाएको छ।

Army chief Russian envoy

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad