छापा खबर


जाजरकोटमा भीरबाट लडेर ८० जनाको मृत्यु

जाजरकोटमा भीरबाट लडेर ८० जनाको मृत्यु

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ०:५४,

जाजरकोटमा ३ वर्षभित्र भीरबाट लडेर ८० जनाको ज्यान गएको छ।

नलगाड नगरपालिका ४ स्यालपाटाका ७१ वर्षीय शान्तबहादुर वलीको भीरबाट लडेर मृत्यु भएको छ। बागमारेको जंगलमा खर काट्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको हो।

दुई साताअघि बारेकोटा गाउँपालिका २ लिम्साको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयमा कार्यरत ३१ वर्षीय शिक्षिका भगवती शाहीको भीरबाट लडेर मृत्यु भएको थियो।

पहाडी भिरालो ठाउँ, निकै साँघुरो बाटाघाटा, डरलाग्दो भिरपाखामा काम गर्नुपर्ने भएकाले लडेर बर्सेनि मानिसको मृत्यु हुने गरको बारेकोट गाउँपालिकाका अध्यक्ष मेहन्द्र शाहले बताए। यो खबर आजको नेपाल समाचारपत्रमा बासुदेव शर्माले लेखेका छन्।

जाजरकोटका सातवटै स्थानीय तहका अनुसार १ वर्षको अवधिमा कम्तीमा ३० जनाले लडेर ज्यान गुमाएका छन् भने ३ वर्षको अवधिमा जिल्लामा कम्तीमा ८० जनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय (जाजरकोट)को अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad