प्रदेशसभा उपनिर्वाचन अन्तर्गत दाङ ३ (ख) मा नेकपाका उम्मेदवार बिमलाकुमारी खत्री विजयी भएकी छन्।
२४ हजार २८६ मत ल्याएर खत्री विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याएका छन्।
यो क्षेत्रमा ०७४ सालको चुनावमा तत्कालिन एमालेका उत्तरकुमार ओली २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए। त्यतिबेला कांग्रेसले १७ हजार ५३५ मत ल्याएको थियो।
खत्री ५ हजार १०४ मतान्तरले विजयी भएकी हुन्।
अन्तिम मत परिणामअनुसार साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका छोटी लाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दाङ ३ (ख) मा ६८ हजार ७ सय १९ मतदाता मध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो। ७ सय ९७ मत बदर भएको छ।

प्रतिक्रिया