सरकारले विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन दिएको छ।
देशका विभिन्न ठाउँमा अविरल वर्षा, बाढीपहिरोलगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई कार्यालयमा अनिवार्यरूपमा उपस्थित रहन निर्देशन दिएको हो।
स्थानीय तह समन्वय शाखाले परिपत्र जारी गर्दै विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिका कर्मचारीलाई नियमितरूपमा कार्यालयमा उपस्थित रहन भनिएको छ।
हाल बिदामा रहेका कर्मचारीलाई समेत बिदा छोट्याई सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी पूरा गर्न मन्त्रालयले निर्देशन दिएको हो।
परिपत्रअनुसार विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर जिम्मेवारीको उचित व्यवस्थापन गरी मात्र कार्यालय छाड्नुपर्ने छ।
Shares

प्रतिक्रिया