छापा खबर


बढ्यो प्रहरीको रासन भत्ता, कहाँ कति बढ्यो ?

बढ्यो प्रहरीको रासन भत्ता, कहाँ कति बढ्यो ?

नेपालखबर
असार ९, २०७६ सोमबार ०:१०,

पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ।

सरकारले १ साउनदेखि लागू हुनेगरी बढेको रासनभत्ता दिन लागेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्व ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ।

नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक फरक छ।

काठमाडौँ उपत्यककामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन्।

हाल उनीहरुले एक सय ५७ रुपैयाँ पाउँदै आएका छन्।

त्यसैगरी झापामा कार्यरत प्रहरीले एक सय ५७ रुपैयाँ पाउँदै आएकोमा अब एक सय ७९ रुपैयाँ ८९ पैसा तथा इलाममा एक सय ६८ रुपैयाँ पाउँदै आएकोमा दुई सय रुपैयाँ पाउने छन्।

ताप्लेजुङको ओलाङचुङगोलमा कार्यरत प्रहरीले चार सय ४४ रुपैयाँ लिँदै आएकोमा अब ६ सय १५ रुपैयाँ पाउने छन्।

पहाडी तथा हिमाली जिल्लामा खाद्यान्न महंगो हुने भएकाले रासनको दर उच्च हुने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad