मनसुनसँगै गण्डकी प्रदेशका जिल्लामा बाढीपहिरो सुरु भएको छ।
शनिबार राति र आइतबार बिहानको वर्षाले पर्वतका केही घरमा क्षति पुगेको छ।
लमजुङ र मनाङ जोड्ने मोटरेवल पुल बाढीले बगाएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
पुल बगेपछि मनाङका सडक सञ्जाल विच्छेद भएको छ।
कास्कीको मादी नदीमा निर्माणाधिन पुल पनि बाढीले बगाएको छ। बाढी पसेर पर्वतको पैयुँ गाउँपालिका ४ का ९ घरमा क्षति पुगेको छ।
राति करिब २ बजे बाढी पसेपछि सुतिरहेका सर्वसाधारणले भागेर ज्यान जोगाएका छन्।
3
Shares

प्रतिक्रिया