सरकारले नेपाली जनताको खुसी मापन गर्ने भएको छ।
आगामी आर्थिक वर्ष ०७६÷०७७ मा तथ्यांक विभागले एक वर्ष लगाएर जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्न लागेको हो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई आधार बनाएर विभागले सर्वेक्षण गर्न लागेको हो।
छिमेकी मुलुक भुटानले वैज्ञानिक मापदण्ड तय गरी जनताको खुसी मापन गर्ने आएको छ।
यसमा जीवनस्तर, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक जीवन, सकारात्मक मनोभावना, सुशासन, सांस्कृतिक प्रवद्र्धनलगायत मापदण्ड बनाएको छ।
राष्ट्रसंघीय दिगो विकास समाधान संयन्त्रले केही समयअघि ‘वल्र्ड ह्यापिनेस रिपोर्ट’ सार्वजनिक गरेको थियो।
रिपोर्ट अनुसार फिनल्यान्ड पहिलो र नेपाल एक सय औँ नम्बरमा परेको थियो।

प्रतिक्रिया