छापा खबर


गुप्तचरलाई फोन ‘ट्यापिङ’को अधिकार दिइँदै, नागरिकको गोपनीयता हक हनन हुन सक्ने

गुप्तचरलाई फोन ‘ट्यापिङ’को अधिकार दिइँदै, नागरिकको गोपनीयता हक हनन हुन सक्ने

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १:४५,

सरकारले राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ।

विभागलाई विदेशीको प्रतिजासुसी गर्नदेखि टेलिफोन ट्यापिङ गर्न सक्नेसम्मको अधिकार दिन लागिएको छ।

संसदमा दर्ता भइसकेको ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा गुप्तचरमा व्यापक परिवर्तन लागिएको खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

विभालाई पहिलोपटक फोन इन्टरसेप्सन(गोप्य रूपमा टेलिफोन कुराकानी रेकर्ड)को अधिकारसमेत दिन लागिएको छ।

यसको दुरुपयोग हुन सक्ने र नागरिकको गोपनीयताको हक हनन हुन सक्ने भएकाले यो अधिकार भने विवादितसमेत हुन सक्ने देखिएको छ। खासगरी सत्तापक्ष र प्रतिपक्षीको फोन इन्टरसेप्सनको दुरुपयोग हुन सक्ने जोखिम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad