छापा खबर


केयूका रजिस्ट्रार बर्खास्त गर्न आन्दोलन

 केयूका रजिस्ट्रार बर्खास्त गर्न आन्दोलन

नेपालखबर
पुस २, २०७६ बुधबार १:३४,

काठमाडौं विश्वविद्यालय (केयू) मा आन्दोलन चर्किंदै गएको छ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघसँग काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ताटोलीले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै प्राध्यापक र कर्मचारीले आन्दोलन चर्काएका हुन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिनहरू, प्राध्यापकहरू तथा कर्मचारीहरूको उपस्थितिमा भएको सम्झौता कार्यान्वयन गर्न पटक–पटक स्मरण गराउँदा पनि कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ ।

केही महिनाअगाडि काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी सघंले आफ्नो हक अधिकारका लागि आन्दोलन गरेको थियो । आन्दोलनपश्चात् विश्वविद्यालय प्रशासनले सम्झौता गरेको थियो ।

सम्झौता कार्यान्वयन गर्न पटक–पटक काठमाडौं विश्वविद्यालय प्राधापक संघ र कर्मचारी संघले विज्ञप्तिमार्फत जानकारी गराउँदासमेत केयू प्रशासनले नटेरेको प्राध्यापक संघका सभापति डा. वेदमणि दाहालले बताए ।

सम्झौता कार्यान्वयन गरी परिस्थितिलाई सहज बनाउँदै जानुपर्नेमा उल्टै रजिस्ट्रारले काभ्रेका प्रमुख जिल्ला अधिकारी, धुलिखेल नगरपालिकाका प्रमुख र प्रहरी प्रमुखलगायतलाई भ्रममा पारी प्राज्ञिक स्वतन्त्रतामाथि आँच पुर्‍याएको दाहालले बताए ।

सम्झौता कार्यान्वयनमा विश्वविद्यालयका रजिस्ट्रारले जिम्मेवारी लिन नसकेको भन्दै विश्वविद्यालयका प्राध्यापक संघ र कर्मचारी संघले रजिस्ट्रारको बर्खास्तीको माग गरेका छन् ।

‘पटक–पटक उपकुलपतिका कारणले गर्न नसकेको भनाइ दोहोर्‍याएको परिप्रेक्षमा उपकुलपतिले रजिस्ट्रार डा। सुबोध शर्मालाई बर्खास्ती गरी सम्झौता कार्यान्वयन एक हप्ताभित्रमा गर्नुपर्ने हामीले माग राखेका छौँ,’ दाहालले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad