छापा खबर


मुद्दा सुनुवाइमा सर्वाेच्चै सुस्त, यस्तो छ प्रगति प्रतिवेदन

मुद्दा सुनुवाइमा सर्वाेच्चै सुस्त, यस्तो छ प्रगति प्रतिवेदन

नेपालखबर
पुस ८, २०७६ मंगलबार १:४३,

सर्वोच्च अदालतमै मुद्दा सुनुवाइको अवस्था चिन्ताजनक देखाएको छ। छिटो, छरितो र प्रभावकारी न्यायका लागि १५ वर्षअघि रणनीतिक योजना बने पनि सर्वोच्चले प्रगति हासिल गर्न नसकेको हो।

सर्वोच्चको ०७५/०७६ को प्रतिवेदनले मुद्दा फर्स्याेटमा अघिल्लो वर्षभन्दा १३ प्रतिशत कमी आएको तथ्य औंल्याएको छ। प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका हुन्।

२०६१ मा सुरु भएको न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाले सबै अदालतबाट प्रतिवर्ष ६० प्रतिशत मुद्दाको फर्स्याेट गर्ने लक्ष्य लिएको छ। तर सर्वोच्चमा भने ३०.७६ प्रतिशत मात्र मुद्दा छिनिएको छ।

सर्वोच्चमा पुराना र नयाँ गरी मुद्दा संख्या ३४ हजार नौ सय २२ थान रहेकोमा यस वर्ष १० हजार सात सय ४२ थान मात्र फस्र्योट भएको छ। जुन गत वर्षभन्दा १३।५ प्रतिशत थोरै हो भने कुल मुद्दामा ३० प्रतिशत मात्र सफलता हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा यम विरहीले लेखेका छन्।

गत वर्ष प्रधानन्यायाधीशसहित सर्वोच्चमा १९ जना न्यायाधीश थिए। यस वर्ष भने संविधानले तोकेअनुरूप २१ न्यायाधीशले न्यायसम्पादन गरेका थिए।

विगतमा न्यायिक जनशक्तिका अभावका कारण न्याय सम्पादनमा समस्या भएको कारण दर्शाइए पनि यस आर्थिक वर्षमा भने यो समस्या थिएन।

‘मुद्दा कम फर्स्याेट हुनुमा धेरै पक्ष छन्। पहिल्यैदेखि न्यायिक जनशक्ति अभावले पनि मुद्दा थुप्रिँदै गए। सर्वोच्चमा कार्यबोझ बढी भयो,’ सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘नयाँ मुद्दाको लगत अघिल्लो वर्षभन्दा २२–२३ सयले बढी हो। प्रतिशत कम देखिए पनि संख्यात्मक रूपमा कम भन्न मिल्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad