छापा खबर


मुलुकमा सुरुङ मार्गको युग सुरु

मुलुकमा सुरुङ मार्गको युग सुरु

नेपालखबर
पुस २०, २०७६ आइतबार २:२३,

मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ।

हाल एउटा सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ भने अन्य छवटा सुरुङ मार्गको अध्ययन सकिएको छ।

त्यसैगरी एउटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी पाँचवटाको प्रारम्भिक अध्ययन भइरहेको छ।

नेपालको सडक यातायात प्रणालीलाई आधुनिकीकरण गर्न सुरुङ मार्गको अध्ययन तीव्र पारिएको खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

जुन गतिमा अध्ययन भइरहेको छ तर त्यही गतिमा निर्माण कार्य भने सुरु भइसकेको छैन । समृद्धि र विकासलाई तीव्रता प्रदान गर्न सरकारले सुरुङमार्ग निर्माणमा जोड दिएसँगै मुलुकको यातायात सुरुङ युगमा प्रवेश गर्न लागेको भनाइ सरकारको छ ।

नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको निर्माण कार्य सुरु भइसकेको छ।

पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा, दोलखा जिल्लाको लामाबगरमा सुरुङमार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ।

त्यसैगरी मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जामा, मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार छ।

इटेको-होमल्यान्ड–नर्थ स्टार (जेभी) कम्पनीले सम्भाव्यता अध्ययन गरेको हो । सुरुङमार्गहरूको पूर्वसम्भाव्यता अध्ययनका लागि २०७४ कात्तिक २४ गते सडक विभाग र इटेको–होमल्यान्ड–नर्थ स्टारबीच सम्झौता भएको थियो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मुलुकको सडक यातायात सुरुङमार्ग युगोन्मुख भएको बताउँदै मुलुकको सडक सञ्जाललाई छोटो, सहज र जोखिममुक्त बनाउने प्रयास स्वरूप सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखी यसको निर्माण प्रक्रियालाई अगाडि बढाइएको बताए।

अहिले काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म र थानकोटदेखि मकवानपुरको चिल्लाङसम्म सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य सुरु भइसकेको जानकारीसमेत उहाँले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .