ad ad

छापा खबर


राष्ट्रिय सभामा नेकपाका उम्मेदवार भागवण्डा, वामदेव र ईश्वरले पाएनन्

राष्ट्रिय सभामा नेकपाका उम्मेदवार भागवण्डा, वामदेव र ईश्वरले पाएनन्

नेपालखबर
पुस २०, २०७६ आइतबार २:३८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरेर उम्मेदवार टुंगो लगाएका छन्।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच भागबन्डा गरेर उम्मेदवार तय गरिएको हो। उम्मेदवारी दर्ताका लागि आइतबारको मिति तय भइसकेको छ।

पूर्वएमालेबाट ९ र पूर्वमाओवादीबाट ७ जना तय गरिएपछि सातै प्रदेशबाट आफ्नो अनुकूलका नेताको नाम प्रस्तुत गरिएको थियो।

बिहीबार १६ जनाको नाम प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए। आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

 ती नाममा अन्य नेता सहमत हुन नसकेपछि शुक्रबार केही नाम थपघट गरेर सचिवालय बैठकले पास गरेको हो। नेता वामदेव गौतम र ईश्वर पोखरेलले भने भाग पाएनन्।

कसको भागमा कति?
केपी ओली ६
पुष्पकमल दाहाल ४
माधवकुमार नेपाल ३
नारायणकाजी श्रेष्ठ २
रामबहादुर थापा १

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .