छापा खबर


तनहुँ हाइड्रोमा एडीबीको हस्तक्षेप

तनहुँ हाइड्रोमा एडीबीको हस्तक्षेप

नेपालखबर
पुस २५, २०७६ शुक्रबार २:२४,

निर्माण सुरु भइसकेको जलाशययुक्त तनहुँ हाइड्रो (१४० मेगावाट) को पुनः ठेक्का प्रक्रियामा एसियाली विकास बैंक (एडीबी) ले हस्तक्षेप गरी रद्द गरेको छ।

अघिल्लो वर्षदेखि निर्माण सुरु भएको आयोजनाको पहिलो प्याकेज (आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ र अस्थायी बाँधलगायतका संरचना) को ठेक्का रद्द भएपछि लागत र निर्माण सम्पन्न हुने तालिका प्रभावित भएको छ।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विकास थापाले लेखेका छन्।

आयोजनामा १५ करोड अमेरिकी डलर ऋण दिएको एडीबीको हस्तक्षेपका कारण निर्माण सम्पन्न हुन कम्तीमा पनि आठ महिना पर धकेलिएको छ भने लागत पनि बढ्ने भएको छ।

‘एडीबीको अस्वीकृतिसँगै यसले आयोजनामा पार्ने असरबारे हामी अध्ययन गरिरहेका छौं,’ तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बिहीबार भने।

उनका अनुसार एडीबीले डिसेम्बर अन्तिम साता आयोजनाले पठाएको चारवटै प्रस्तावक ठेकेदार कम्पनी अस्वीकृत भएको उल्लेख गर्दै पुनः ठेक्का गर्न पत्राचार गरेको हो। एडीबीले उसले राखेका सर्त पूरा नभएको जनाएको छ।

पहिलो प्याकेजको ठेक्काका लागि तनहुँ हाइड्रोपावर लिमिटेडले गत वैशाख १२ गते पुनः टेन्डर गरेको थियो। टेन्डर गरेको नौ महिनापछि सबै प्रक्रिया रद्द भएको हो। आयोजनाको अनुमानित लागत भ्याट र भइपरिआउने खर्चसमेत गरी २० अर्ब ६४ करोड रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad