छापा खबर


के हो कोरोना भाइरस? सर्वप्रथम सर्पबाट मानिसमा सरेकाे आशंका

के हो कोरोना भाइरस? सर्वप्रथम सर्पबाट मानिसमा सरेकाे आशंका

नेपालखबर
माघ ११, २०७६ शनिबार १:३५,

वैज्ञानिक नाम ‘२०१९-एन सीओभी’ रहेको ‘नोवल कोरोना भाइरस’ यसअघि विश्वको कुनै पनि भागमा देखिएको थिएन। यो नयाँ भाइरसको ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ (सार्स) उत्पन्न गर्ने भाइरसकै एउटा प्रकार हो।

कोरोना भाइरस विभिन्न भाइरसको एउटा समूह हो, जो मानिसलगायत स्तनधारी प्राणीको श्वास नलीसँग सम्बन्धित स्वास्थ्य समस्याहरू उत्पन्न गर्न सक्छ।

इलेक्ट्रोन माइक्रोस्कोपमा यो भाइरस क्राउन (मुकुट)को आकारमा देखिने भएकाले यसको नाम कोरोना भाइरस रहेको हो। ल्याटिन भाषामा मुकुटलाई कोरोना भनिन्छ।

धेरैजसो कोरोना भाइरस हानिकारक नभए पनि यसको सार्स र मर्स उत्पन्न गर्ने प्रकार मनुष्यका लागि खतरानाक मानिन्छ।

भाइरस सर्पबाट सरेको हो?
विभिन्न मिडिया रिपोर्टमा नोवल कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरिए पनि हालमसम्म यसबारे सही जानकारी आइसकेको छैन।

डब्लूएचओले यो भाइरस सम्भवतः पशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट भन्नेबारे अझै स्पष्ट भइनसकेको जनाएको छ। यो भाइरस सर्पबाट मनुष्यमा सरेको हो कि भन्ने प्रश्नमा डब्लूएचओका विशेषज्ञले अहिलेसम्म यसबारे यथेष्ट प्रमाण नभएको बताएका छन्। यसबारे जानकारीमूलक विस्तृत सामग्री आजको कान्तिपुरमा अतुल मिश्रले प्रस्तुत गरेका छन्।

उपचार
यो भाइरसले संक्रमित भई जटिल अवस्थामा पुगेकाहरूलाई लाक्षणिक उपचार गरिन्छ।

त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार यदि सास फेर्न असजिलो, सय डिग्री फरेनहाइटभन्दा बढीको तीव्र ज्वरो, बान्ता, पखालाजस्ता समस्या ४८ घण्टाभन्दा बढी समय देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।

डब्लूएचओका विशेषज्ञहरूका अनुसार जटिल अवस्थाका संक्रमित व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी स्याहार र उपचारको आवश्यकता हुुन्छ। जटिल अवस्थामा शरीरका धेरैजसो अंगले काम गर्न छाड्ने अवस्थासमेत आउन सक्ने भएकाले ‘मल्टिपल अर्गेन सपोर्ट’ चाहिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad