छापा खबर

वुहानका नेपाली विद्यार्थी भन्छन् : बाँच्न गाह्रो भइसक्यो, लाैन सरकार उद्धार गर!

नेपालखबर
माघ १२, २०७६ आइतबार १:५३,

भक्तपुर घर भएका दिवंगर खोटेजा हाल चीनको वुहानस्थित हुवाचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा पीएचडी विद्यार्थी हुन्।

उनी भन्छन् : तीन वर्षदेखि म यो सहरमा छु। शनिबार बेलुकीसम्म त ४१ जनाको मृत्यु भएको घोषणा भएको छ। तीमध्ये ३८ जना त वुहान सहरका हुन्। अहिले १२ सयभन्दा बढी संक्रमित भएको औपचारिक जानकारी आएको छ।

आजको नयाँ पत्रिकामा उनले अगाडि भनेका छन् : संक्रमितका परिवारलाई पनि सरकारले क्वारेन्टाइनमा राखेको छ। अब भोलि के अपडेट आउने हो भनेर सारा मान्छे त्रसित छन्।

अहिले चिनियाँ नयाँ वर्ष भएकाले सबै विश्वविद्यालय बन्द छन्। अहिले सहर पनि सुनसान छ। हामी पनि होस्टेलको कोठाभित्र सीमित छौँ। हामीलाई बाहिर जाँदा पनि गेटमै स्वास्थ्य जाँच हुन्छ। बाहिर आउँदा पनि गेटमा फेरि जाँच हुन्छ। शरीरको तापक्रम बढेको जोसुकैलाई पनि तुरुन्तै सरकारी अस्पतालमा लगिन्छ ।

यो सहरमा नेपाली विद्यार्थी सयभन्दा बढी छन्। अहिले हामीले बनाएको वी–च्याट ग्रुपमा ९२ जना विद्यार्थी जोडिएका छन्। शारीरिक रूपमा हामी सबै नेपाली विद्यार्थी ठीकै छौँ, तर मानसिक रूपमा धेरै कमजोर भएका छौँ। हाछ्युँ लाग्दा पनि र एक–दुईपटक खोकी लाग्दा पनि के भयो भनेर डराउनुपर्ने अवस्था छ। यहाँ बस्न असाध्यै गाह्रो छ।

घरमा पनि छिनछिनमा कुरा भइरहेको छ। सबैजना अत्तालिनुभएको छ। यस्तो वेलामा नेपाल सरकारले हामीलाई यहाँबाट उद्धार गरे हुन्थ्यो भन्ने लाग्छ। अमेरिका र फ्रान्सजस्ता देशका सरकारले आफ्ना नागरिकलाई चार्टर्ड फ्लाइटबाट फर्काउने तयारी गर्दै छन्। हाम्रो देशको सरकारले पनि जहाजको व्यवस्था गरोस्, लागेको भाडा हामी आफैँ तिर्छौँ भनेर दूतावासलाई भनेका छौँ। दूतावासले आत्तिनुपर्दैन भनेको छ। तर, हामीलाई नेपाल फर्काउने विषयमा ठोस जवाफ दिएको छैन।

तीन वर्षदेखि म यो सहरमा छु। शनिबार बेलुकीसम्म त ४१ जनाको मृत्यु भएको घोषणा भएको छ। तीमध्ये ३८ जना त वुहान सहरका हुन्। अहिले १२ सयभन्दा बढी संक्रमित भएको औपचारिक जानकारी आएको छ।

संक्रमितका परिवारलाई पनि सरकारले क्वारेन्टाइनमा राखेको छ। अब भोलि के अपडेट आउने हो भनेर सारा मान्छे त्रसित छन्।

अहिले चिनियाँ नयाँ वर्ष भएकाले सबै विश्वविद्यालय बन्द छन्। अहिले सहर पनि सुनसान छ। हामी पनि होस्टेलको कोठाभित्र सीमित छौँ। हामीलाई बाहिर जाँदा पनि गेटमै स्वास्थ्य जाँच हुन्छ। बाहिर आउँदा पनि गेटमा फेरि जाँच हुन्छ। शरीरको तापक्रम बढेको जोसुकैलाई पनि तुरुन्तै सरकारी अस्पतालमा लगिन्छ ।

यो सहरमा नेपाली विद्यार्थी सयभन्दा बढी छन्। अहिले हामीले बनाएको वी–च्याट ग्रुपमा ९२ जना विद्यार्थी जोडिएका छन्। शारीरिक रूपमा हामी सबै नेपाली विद्यार्थी ठीकै छौँ, तर मानसिक रूपमा धेरै कमजोर भएका छौँ। हाछ्युँ लाग्दा पनि र एक–दुईपटक खोकी लाग्दा पनि के भयो भनेर डराउनुपर्ने अवस्था छ। यहाँ बस्न असाध्यै गाह्रो छ।

घरमा पनि छिनछिनमा कुरा भइरहेको छ। सबैजना अत्तालिनुभएको छ। यस्तो वेलामा नेपाल सरकारले हामीलाई यहाँबाट उद्धार गरे हुन्थ्यो भन्ने लाग्छ। अमेरिका र फ्रान्सजस्ता देशका सरकारले आफ्ना नागरिकलाई चार्टर्ड फ्लाइटबाट फर्काउने तयारी गर्दै छन्। हाम्रो देशको सरकारले पनि जहाजको व्यवस्था गरोस्, लागेको भाडा हामी आफैँ तिर्छौँ भनेर दूतावासलाई भनेका छौँ। दूतावासले आत्तिनुपर्दैन भनेको छ। तर, हामीलाई नेपाल फर्काउने विषयमा ठोस जवाफ दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad