छापा खबर


यी हुन् कोरोना उपचार गर्न काठमाडौंमा ‘स्ट्यान्डबाई’ पाँच अस्पताल

यी हुन् कोरोना उपचार गर्न काठमाडौंमा ‘स्ट्यान्डबाई’ पाँच अस्पताल

नेपालखबर
माघ १२, २०७६ आइतबार २:५,

चीनको वुहानमा अध्ययन गरेर फर्किएका जनकपुरका ३२ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि नेपालले सतर्कता अपनाएको छ। कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न पाँच अस्पताल तोकेको छ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल तोकिएका हुन्।

शनिबार सबै अस्पताल प्रमुखहरूलाई बोलाएर तयारी अवस्थामा रहन दिर्नेशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। प्रारम्भिक चरणमा बिरामी हेर्न शुक्रराज तथा सरुवा रोग अस्पताललाई जिम्मा दिएको खबर आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेका छन्।

 

सरकारले चीनबाट आउने जोकसैको पनि स्वास्थ्य परीक्षण गरेर निगरानीमा राख्नसमेत थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कलाई सक्रिय बनाएको छ। अफ्रिकी मूलुकमा इबोला फैलिएपछि सरकारले त्यहाँबाट आउने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न विमानस्थलमा ०७० मा हेल्थ डेस्क स्थापना गरेको थियो ।

तर, त्यसपछि प्रभावकारी नभएको हेल्थ डेस्कलाई अहिले सक्रिय बनाइएको छ । शनिबारबाट आठ स्वास्थ्यकर्मी परिचालन गरिएको छ । हेल्थ डेस्क इन्चार्ज गोपाल पाण्डेका अनुसार छात्रावृत्तिमा एमडी गरेर आएका डा।निसान्त ठाकुर र टेकु अस्पतालका तीन मेडिकल अफिसर तथा तीन नर्स खटाइएको छ।

विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ प्रयोग गरिएको छ । यसले एकैपटक एउटै बाटो भएर आउने तीन सय जनासम्मको ज्वरो जाँच गर्ने क्षमता राख्छ।

‘थर्मल स्क्यानर संचालन गरेर हामीलाई ठुलो राहत भएको छ। हामी अब समूहमा बिरामीको स्वास्थ्य जाँच गर्न सक्छौं,’संयोजक पाण्डेले भने, ‘कुनै पनि भाइरसको सुरुवाती लक्षण ज्वरो आउनु हो। त्यसैले पहिला हामी नेपाल आउने पर्यटकलाई सामुहिक रुपमा थर्मल स्क्यानरबाट ज्वरो हेर्छौँ।’

कुनै व्यक्तिलाई ज्वरो आएको छ भने ‘थर्मल स्क्यानर’ले रातो देखाउँछ ।पाण्डेका अनुसार स्क्यानरले हरियो, पहेँलो, हल्का रातो र गाढा रातो देखाउँछ । सबैभन्दा बढी ज्वरो आएको व्यक्तिलाई गाढा रातो घेरा लगाउँछ । त्यस्तो व्यक्तिको सबै विवरण लिएर सिधै आइसोलेसन वार्डमा भर्ना गरिने उनले बताए ।

सरकारले चीनबाट नेपाल आउने सबै यात्रुलाई हेल्थ डेस्कको बाटोभएर आउन सुचना जारी गरेको छ । त्यस्तै, चीनबाट नेपाल आउने सबै जहाजभित्रै फर्म वितरण गरिएको छ। सो फर्ममा यात्रुले आफ्नो सबै विवरण उल्लेख गर्नुपर्ने हुन्छ। भाषामा समस्या हुने भएकाले सरकारले चिनियाँ दूतावासबाट दोभाषेको व्यवस्था समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad