छापा खबर


कोरोना संक्रमण आशंकामा पाँच नेपाली विद्यार्थी बेइजिङ विमानस्थलमै रोकिए

कोरोना संक्रमण आशंकामा पाँच नेपाली विद्यार्थी बेइजिङ विमानस्थलमै रोकिए

नेपालखबर
माघ १९, २०७६ आइतबार ४:३१,

नेपाल जान विमानस्थल पुगेका पाँच नेपाली विद्यार्थीलाई बेइजिङका दुई विमानस्थलले कोरोना संक्रमण भएको आशंकामा रोकेका छन्।

कोरोना भाइरस संक्रमण बढेपछि क्वारेन्टाइन परीक्षणबाट पहिलोपटक चिनियाँ विमानस्थलले नेपाली विद्यार्थीलाई रोकेको खबर आजको नागरिक दैनिकमा बेइजिङबाट चेतनाथ आचार्यले लेखेका छन्।

हिमालय एयरलाइन्सको विमानबाट काठमाडौँ जान लागेका चार नेपाली विद्यार्थीलाई बेइजिङस्थित तासिङ विमानस्थलले शुक्रबार साँझ उड्ने अनुमति दिएन।

त्यसैगरी बेइजिङकै क्यापिटल विमानस्थलले एक विद्यार्थीलाई शुक्रबार नै रोकेको छ।

बेइजिङको नजिकै रहेको हुपेई प्रान्तको उत्तरी हुपेई विश्वविद्यालयमा एमबिबिएस पाँचौँ वर्षमा अध्ययनरत जनकपुरका प्रियरञ्जन पण्डितलाई विमानस्थलले क्वारेन्टाइन परीक्षण गर्दा ज्वरो देखिएकाले रोकेको उनले बताए।

विमानस्थलमा शरीरको परीक्षण गर्ने मिसिनले उनको तापक्रम ३७ दशमलव ४ डिग्री सेल्सियस देखाएको थियो।

कोरोना भाइरसको संक्रमण हुन थालेपछि ३७ दशमलव १ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने व्यक्तिलाई चिनियाँ विमानस्थलले उड्न प्रतिवन्ध लगाउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad