छापा खबर


यसकारण बने वामदेव गौतम नेकपाको उपाध्यक्ष

यसकारण बने वामदेव गौतम नेकपाको उपाध्यक्ष

नेपालखबर
माघ २०, २०७६ सोमबार ०:२४,

सचिवालयबाट प्रस्ताव गरेको ६ महिनापछि वामदेव गौतम नेकपाको उपाध्यक्ष बनेका छन्।

केन्द्रीय कमिटी बैठकले पार्टीमा उपाध्यक्ष रहने प्रावधानसहितको विधान संशोधन पारित गरेपछि गौतमको पद निश्चित भएको हो।

स्थायी कमिटी बैठकमा गौतमलाई मात्र किन उपाध्यक्ष भन्दै तत्कालिन एमालेमा गौतमसँगै उपाध्यक्ष निर्वाचित भएका भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली लगायतका नेताले प्रश्न उठाएका थिए।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण गर्न सूत्रधारको भूमिका खेलेका गौतम एकतापछि असन्तुष्ट थिए।

प्रतिनिधिसभाको चुनावसमेत हारेपछि उनको राजकीय भूमिकामा सक्रिय हुने योजना पनि सफल भएन।

त्यसैले उनले पार्टीभित्र वा राजनीतिक नियुक्तिमार्फत कुनै भूमिका दिन नेताहरुलाई आग्रह गरेका थिए।

उनले गत वर्ष स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै १६ पृष्ठको छुट्टै प्रतिवेदन पेस गरेका थिए।

ओली क्याम्पका नेता गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहालको पक्ष लिने गरी भूमिका खेलेपछि ओली समूहमा उनलाई आफ्नै क्याम्पमा फर्काउनुपर्ने दबाब उत्पन्न भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

त्यसपछि सचिवालय सदस्यको पदबाट बढुवा गरेर उनलाई उपाध्यक्ष बनाउने सहमति भएको हो।

गौतमको पार्टीभित्र अहिले सानो समूह छ। उनी सशस्त्र द्वन्द्वकालमा दाहालसँग पनि निकट थिए।
त्यसैले दाहालले उनलाई नजिकको ठान्छन्।

ओलीलाई तत्कालिन नवौँ महाधिवेशनमा अध्यक्ष जिताउनका लागि भूमिका खेलेका कारण गौतम ओली क्याम्पको पनि ‘पिलर’ थिए।

आन्तरिक समिकरणमा ओली र दाहाल दुबै गौतमलाई आफू निकट बनाउन चाहन्छन्। गौतम रिसाउदा एक अर्कालाई घाटा हुने अवस्था छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad