छापा खबर


कोरोनाका कारण रोकिए हजारौं जोडीको बिहे

कोरोनाका कारण रोकिए हजारौं जोडीको बिहे

नेपालखबर
माघ २०, २०७६ सोमबार ०:४७,

कोरोना भाइरसका कारण हजारौं चिनियाँ जोडीको विवाह गर्ने सपना भताभुंग भएको छ।

सन् २०२० फेब्रुअरी २ तारिखका दिन प्रेमी जोडीले हजार वर्षमा एकपटक भेटिने उक्त दिनलाई आफ्नो विवाहका लागि शुम दिन छनोट गरेका थिए। एक त यो मिति २०२०–०२–०२ अद्भूत देखिन्छ।

अगाडिबाट वा पछाडिबाट एकै बुझाउँछ। त्यसमाथि चिनियाँमा समध्वनि शब्द निकै प्रचलित छन्।

मे महिनाको २० तारिखलाई चिनियाँले समध्वनिका आधारमा दिवसका रूपमा मनाउँछन्। ५२० अंक, वुआरलिङको समउच्चारणमा वोआईनी अर्थात् आई लभ यु सँग मिल्ने धारणा चिनियाँ राख्छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा अजय लौकिकले लेखेका छन्।

यसपटकको असाधारण अंक मितिमा चिनियाँहरूले विवाहका लागि शुभसाइत मानिरहँदा आइतबार बिदाको दिन पर्ने भएपछि सबै जोडीले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममार्फत दुःख पोखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad