छापा खबर


कोरोनाबाट बच्न प्रधानमन्त्री ओलीले दिए यस्तो टिप्स

कोरोनाबाट बच्न प्रधानमन्त्री ओलीले दिए यस्तो टिप्स

नेपालखबर
माघ २०, २०७६ सोमबार १:१०,

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा देखानपरेकाले त्रसित नहुन आग्रह गरेका छन्।

नेकपा केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले कोरोना भाइरसबारे बोलेका हुन्।

‘तर सजग हुनुस्,’ उनले भने, ‘देशमा मास्क उपलब्ध हुन गाह्रो छ, दिनको ९ हजारजति मात्रै मास्क उत्पादन गर्न सकिन्छ।’

उनले अहिले नेपालले दिनको ३ हजार मात्रै मास्क उत्पादन गरिरहेको र अधिकतम उत्पादन गर्ने दिशामा अघि बढेको जानकारी गराएका छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

‘मास्क प्रयोगको आदतदेखि मुख छोपेर मात्रै हाछ्युँ गर्ने र हाछ्युँ गर्दा अर्काे व्यक्तिभन्दा १ मिटर टाढै बस्ने बानी बसाल्नुस्, अरूलाई पनि त्यही सिकाउनुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad