छापा खबर


राष्ट्रिय टोलीमा कमलको डेब्यु

राष्ट्रिय टोलीमा कमलको डेब्यु

नेपालखबर
माघ २६, २०७६ आइतबार ३:२१,

तिव्र गतिका बलर कमल सिहं ऐरिले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गर्ने भएका छन्।

कमलले आइसीसी विश्वकप लिग २ अन्तर्गत ओमान विरुद्धको खेलमा सोमबार डेब्यु गर्नेछन्।

राष्ट्रिय टोलीबाट कुनै पनि प्रतियोगिता नखेली ओडआइ मार्फत डेब्यु गर्ने उनी पहिलो खेलाडी हुन्। कमललाई नेपालको २३ औं ओडीआई क्याप कप्तान ज्ञानेन्द्र मल्लले दिएका हुन्।

कमल सम्भवत सुरुवाती दुई खेलमा विकेट लिन नसकेका तीब्र गतिका बलर अभिनाश बोहराको स्थानमा मौका पाएको हुनुपर्छ।

अभिनाशले पहिलो खेलमा ओमानसँग ९ ओभरमा २ मेडन राख्दै ३८ रन खर्चेपनि विकेट लिन सकेका थिएनन्। त्यस्तै अमेरिकाविरुद्ध २ ओभरमा अभिनाशले १३ रन खर्चेका थिए।

तीब्र गतिका बलर सोमपाल टोली बाहिर रहेपछि उनको स्थानमा कमलले मौका पाएका थिए।

सन् २०१६ मा श्रीलंकामा भएको यू १९ एसिया कपबाट यू१९ यात्रा अघि बढाएका कमलले गत सेप्टेम्बरमा श्रीलंकामै भएको यू१९ एसिया कप बाट उमेर समुहको यात्रा सकेका छन्। उमेर समुहमा उनले निरन्तर औसत प्रर्दशन गरे।

तीन वर्ष देखी निरन्तर उमेर समूह र घरेलु क्रिकेट खेल्दै आएका कमलले तल्लोक्रममा ब्याटिङ सम्हाल्ने क्षमता राख्छन्।

श्रीलंकासँग यू१९ टोलीसँग डेब्यू गर्दै ३ विकेट लिनुको साथै ९ रन बनाएका थिए। कमलले एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्स, धनगढी प्रिमियर लिगमा च्याम्पियन सिवाईसी अत्तरिया र पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजबाट खेल्ने गर्छन्।

फ्रेन्चाइज बाहेकका अन्य घरेलु प्रतियोगितामा भने कमलले सशस्त्र प्रहरी बल एपिएफको जर्सीमा देखिन्छन्। गत पिपिएलमा उनले राम्रो प्रर्दशन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad