आइसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँगको तेस्रो खेलमा नेपाललले पहिला ब्याटिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा आइतबार ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
आजको खेलमा तिव्र गतिका बलर कमल सिहं ऐरिले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गर्ने भएका छन्। कमलले आइसीसी विश्वकप लिग २ अन्तर्गत ओमान विरुद्धको खेलमा सोमबार डेब्यु गर्नेछन्।
सुरुवाती दुई खेलमा विकेट लिन नसकेका तीब्र गतिका बलर अभिनाश बोहराको स्थानमा कमलले मौका पाएका हुन्।
अभिनाशले पहिलो खेलमा ओमानसँग ९ ओभरमा २ मेडन राख्दै ३८ रन खर्चेपनि विकेट लिन सकेका थिएनन्। त्यस्तै अमेरिकाविरुद्ध २ ओभरमा अभिनाशले १३ रन खर्चेका थिए।
सिरिज अन्तर्गतको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपाल हारको बदला लिन चाहान्छ। ओमान भने जितको लयलाई निरन्तरता दिने योजनामा छ। दोस्रो खेलमा शनिबार नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो।
नेपालको सुरुवाती ११: कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सुवास खकुरेल,करण केसी, विनोद भण्डारी, सुसान भारी, कमल सिंह ऐरि, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने।
बेन्चः रोहित कुमार पौडल, अविनास बोहोरा, ललित नारायण राजवंशी

प्रतिक्रिया