कोहलपुर-११ बसपार्क रोडमा अवस्थित वनवाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गरी नयाँ कार्यको शुरुआत गरेको छ।
समितिले आदर्श सासुमा कोहलपुर नगरपालिका-२ निवासी लक्ष्मी भुसाल र बुहारीमा वडा नम्बर ११ की शीखा गौतम श्रेष्ठ सम्मानित भए।
कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नगरभित्रका सबै सासु-बुहारी आदर्श बन्न सक्नुपर्ने बताए। सासुले बुहारीलाई छोरीकै रूपमा हेर्नुपर्ने र बुहारीले सासुलाई आमाको रूपमा स्वीकार्न गरेमा आदर्श परिवार निर्माण सम्भव हुने उनको भनाई थियो।
नगरपालिकाले हरेक वर्ष नगरपिता र नगरमाताका रूपमा दुई वृद्धवृद्धालाई सम्मान गर्दै आएको छ। जिल्लामै पहिलोपटक आदर्श सासु–बुहारी सम्मान गर्ने योजना अघि सारिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए।
Shares

प्रतिक्रिया