अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो सय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ।
पछिल्लो सयम इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।
स्रोत नखुलेको एक करो ५६ लाख सम्पत्ति जफतको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
झा घुस प्रकरणमा राजिनामा दिएका अख्तियारका पूर्व आयुक्त राजनारायण पाठकका विश्वास पात्र थिए।
पाठकमाथि छानबिनकै क्रममा अख्तियारमा झामाथि समेत उजुरी परेको थियो।
‘उनीसँग आठ नौ करोड सम्पत्ति छ भन्ने सूचना थियो,’ अख्तियार स्रोत भन्छ, ‘तर, धेरै सम्पत्ति भेट्टाउन सकेनौँ।’
स्रोतकाअनुसार पूर्व आयुक्त पाठकले समेत झाकै नाममा सम्पत्ति राखेका थिए।

प्रतिक्रिया