सर्वाेच्च अदालतमा मैना सुनार हत्या प्रकरणसम्बन्धी एक मुद्दा २ वर्षदेखि इजलासमै अल्झिरहेको छ।
३ वैशाख २०७४ मा काभ्रे जिल्ला अदालतले अवकाशप्राप्त तीन सैनिक अधिकृतविरुद्ध सुनाएको जन्मकैदको फैसला बदर माग राख्दै नेपाली सेनाले १६ भदौमा सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो।
काभ्रे खरेलथोककी १५ वर्षीया मैना सुनारलाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाशप्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले ३ वैशाख २०७४ मा २० वर्ष कैद सजायको फैसला सुनाएपछि नेपाली सेनाले उक्त फैसलाविरुद्ध सर्वाेच्चमा रिट दायर गरेको थियो। यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।
तत्कालीन काभ्रे जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासबाट तीन जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको सजाय सुनाएको थियो।
Shares

प्रतिक्रिया