खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न जिल्लाबाट २ लाख क्वीन्टल धान खरिद गरेको छ।
सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कम्पनीले किसानबाट धान खरिद गरेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेका छन्।
व्यापारीले कम मूल्यमा धान खरिद गर्न थालेपछि किसानलाई उचित मूल्य उपलव्ध गराउनका लागि सरकारले समर्थन मूल्य निर्धारण गरेको छ।
न्यूनतम समर्थन मूल्यमा अहिलेसम्म १ लाख ८६ हजार २ सय ८८ क्वीन्टल धान खरिद गरेको कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिए।
मोटा धानको न्युनतम प्रतिक्वीन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २६ सय ७३ रुपैयाँ १६ पैसामा कम्पनीले किसानबाट खरिद गरेको हो।

प्रतिक्रिया