शनिबार राति गेटाफेविरुद्ध २-१ को जित निकाल्दै बार्सिलोनाले ला लिगा फुटबलको शीर्षस्थानमा रहेको रियल मड्रिडसँग अंक बराबरी गरेको छ।
दुवै क्लबको २४ खेलबाट समान ५-२ अंक भएपनि गोलअन्तरका आधारमा रियल शीर्ष र बार्सिलोना दोस्रो स्थानमा छ।
बार्सिलोनाविरुद्ध तेस्रो स्थानको गेटाफेका लागि एलन न्यायोमले सुरुआती गोल गरेका थिए तर भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई गोल नदिएपछि बार्सिलोना भाग्यमानी रह्यो।
त्यसपछि एन्टिनियो ग्रिजम्यानको पासमा अग्रता बनाएको बार्सिलोनालाई लगत्तै सर्जि रोबर्टोले दोस्रो गोल गरे।
दोस्रो हाफमा एन्जिल रोड्रिगेजले गोल फर्काएपछि खेल रोमाञ्जक बनेको थियो। तर, बार्सिलोनाले अन्त्यसम्म २-१ को अन्तर कायम राख्दै रियलसँग अंक दूरी बराबरी गर्यो।
3
Shares

प्रतिक्रिया