छापा खबर


अझै खुलेन मुना हत्याको रहस्य

अझै खुलेन मुना हत्याको रहस्य

नेपालखबर
फागुन ४, २०७६ आइतबार ३:६,

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध (स्ट्रयाङ्गुलेसन) का कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखिएको छ। घाँटीको भाग अत्यधिक रूपमा कसिन पुग्दा ‘स्ट्रयाङ्गुलेसन’ हुन्छ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले ‘स्ट्र्याङ्गुलेसन’का कारण मुनाको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको जानकारी दिएका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

‘मुना कार्कीको पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्ट अध्ययन गर्दा उनको मृत्यु ‘स्ट्रयाङ्गुलेसन’ का कारण भएको देखिन्छ । यो भनेको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध हुनु हो । यसमा विजय चौधरी संलग्न रहेको तथ्य सिसिक्यामेरा फुटेजबाट पुष्टि भएको छ।’

गत २७ माघको बिहान १०स्१० बजे दाङ लमहीका २२ वर्षीय विजय चौधरीले नाइलनको डोरी प्रयोग गरी मुनाको घाँटी कसेका थिए । डोरीको कसाइका कारण उनको मस्तिष्क र शरीरबीच रक्तसञ्चार हुन पाएन । अन्ततः सोही कारण उनको मृत्यु हुन पुग्यो।

घटनामा संलग्न चौधरीको भने झुन्डिएर (ह्याङ्गिङ) का कारण मृत्यु हुन पुगेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

‘चौधरीको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘ह्याङ्गिङ’बाट भएको उल्लेख छ,’ एसएसपी राईले भने । प्रहरीका अनुसार मुनाको हत्यापछि चौधरी डाइनिङ हलको ठीक माथि रहेको फलामको बारमा पासो लगाई झुन्डिएका थिए।

तर, डोरी चुँडिन पुगेपछि उनी डाइनिङ हलको भुइँमा पछारिन पुगेका थिए । शव मुचुल्का गर्दा प्रहरीले समेत चौधरीको घाँटीमा कसिएको अवस्थामा डोरी बरामद गरेको थियो।

चौधरी मुनाको घरमा सात वर्षदेखि घरेलु मजदुरका रूपमा कार्यरत थिए । तर, उनको हत्या गर्नुको कारण भने प्रहरीले अझै फेला पार्न सकेको छैन।

परिसर प्रमुख एसएपी राईले भने, ‘चौधरीले मुनाको किन हत्या गरे भन्ने सन्दर्भमा खोजी भइरहेको छ । त्यसका लागि मोबाइल फोन फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad