समाज


चीनबाट फर्केका विद्यार्थी भन्छन्: सरकारले निकै राम्रो व्यवस्था गरेको रहेछ

चीनबाट फर्केका विद्यार्थी भन्छन्: सरकारले निकै राम्रो व्यवस्था गरेको रहेछ

यज्ञराज जोशी
फागुन ४, २०७६ आइतबार ३:१८,

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै काठमाडौं ल्याइएका १ सय ७५ नेपालीलाई अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।

त्यहाँ पुगेपछि उनीहरूले नेपाल सरकारले आफूहरूले सोचेभन्दा राम्रो व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरेका छन्।

‘हामी समस्याबाट नै आएका हौं। सरकारले जे जति गरेको छ। हाम्रो अपेक्षाभन्दा राम्रो गरेको छ,’ क्वारेन्टाइनमा रहेका पीएचडीका विधार्थी अशोक साहले  आइतबार बिहान नेपालखबरसँग भने, ‘साबुन, पानी , बेड, चप्पल सबै अलग अलग दिइएको छ। हामी व्यवस्थापनबाट सन्तुष्ट छौं।’

चीनको हुबेई प्रान्तबाट शनिबार राति नेपाल वायुसेवा निगमको वाइडबडीमार्फत उनीहरूलाई स्वदेश ल्याइएको हो।

आइतबार बिहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरूलाई त्यहीं स्वास्थ्य जाँच गरेपछि मात्रै ६ वटा बसमा राखेर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुर्‍याइएकाे हाे। 

कोरोना भाइरस संक्रमणका लक्षण १४ दिनमा देखिने भएकाले उनीहरूलाई क्वारेन्टाइन अर्थात् परिवारलगायत अन्य स्वस्थ मानिसको सम्पर्कबाट टाढा सुरक्षित स्थलमा राखिएको हो।

क्वारेन्टाइनमा उनीहरुलाई चार वार्डमा राखिएको छ। उनीहरुलाई बिहानको खाजा दिइसकिएको छ।

एक कोठामा तीन बेड राखिएका छन्। एकअर्कासँग बोल्न दिइएको छ तर बाहिर ननिस्कन भनिएको साहले बताए।

एयरपोर्टबाट बिहान बसमा चढाउनुअघि सबैको स्वास्थ्य जाँच गर्दा सामान्य पाइएपछि क्वारेन्टाइनमा लगिएका उनीहरुको  क्वारेन्टाइनमा भने अहिलेसम्म थप चेकजाँच भएकाे छैन। 

busssssss

तर, बेलाबेला चिकित्सक आइरहने र केही समस्या भए तत्काल खबर गर्न भनेको क्वारेन्टाइनमा रहेका विद्यार्थी साहले बताए।

दैनिक कार्यतालिका भने अहिलेसम्म उपलब्ध गराइएको छैन। साँझसम्म विस्तृतमा थाहा हुने उनी बताउँछन्।

इन्टरनेटको सुबिधाले साथीभाई, परिवारसँग कुरा गर्न तथा अध्ययनमा सजिलो भएको उनी बताउँछन्।

‘यहाँ वाइफाइ पनि छ। यसले साथीभाइ, परिवारसँग तथा चीनमा प्राफेसरहरुसँग कुरा गर्न सजिलो भएकाे छ,’ साहले भने। 

अर्का फर्किएका विधार्थी सौरभ लुइटेलले पनि आफूहरुले सोचेको भन्दा राम्रो व्यवस्था भएको उल्लेख गरेका छन्।  

क्वारेन्टाइनमा रहेका अर्का विद्यार्थी चन्द्रभूषण यादवले इन्टरनेट निकै स्लो भएकाले काम गर्न समस्या भएको गुनासो गरे।

याे पनि : वुहानबाट काठमाडौं आइपुगे १७५ नेपाली, अरू १० जना किन उतै रोकिए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad